काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य हालसम्मकै सर्वाधिक ९२ हजार ४०० रुपैयाँ प्रतितोलामा कारोबार भएको छ ।
बुधबार तोलामा ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ९ सयले बढेर ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको हो । यसअघि सुनको मूल्य ९१ हजार ७०० रुपैयाँसम्म पुगेर घटबढ भइरहेकाे थियो ।
यस्तै, बिहीबार तेजावी सुन ९१ हजार ९६५ रुपैयाँमा कारोबार भएको छ । बुधबार ९५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार बढेर ९८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।