Aafno Khabar

सुनचाँदीकाे मूल्यमा वृद्धि, ताेलाकाे कति ?

  • July 8, 2020 प्रकाशित

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९० हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ताेलामा एक हजार रुपैयाँ बढेर ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको हो । यस्तै, तेजावी सुन तोलामा ९१ हजार ६० रुपैयाँमा कारोबार भएको छ ।

यसैगरी, चाँदीको मूल्य तोलामा ९५५ रुपैयाँमा कारोबार भएको छ । यसअघि मंगलबार चाँदी तोलामा ९५० रुपैयाँमा कारोबार भएको थियो ।