काठमाडौं । नेपालको नयाँ नक्सामा फरक मत राख्ने समाजवादी पार्टीकी नेतृ सरिता गिरीलाई पार्टीबाट निष्कासन गरिएको छ । यससँगै गिरी सांसद पदबाट समेत पदमुक्त हुनुभएकाे छ ।
पार्टी महासचिव रामसहायप्रसाद यादवको नेतृत्वमा बनेको तीन सदस्यीय कार्यदलले गिरीलाई कारबाही गर्न सिफारिस गरेको थियो । त्यसैअनुसार कारबाहीको निर्णय भएको समाजवादी पार्टीका नेता मोहम्मद इस्तियाक राईले जानकारी दिनुभयाे ।
लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिवर्तन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमा गिरीले संशोधन प्रस्ताव दर्ता गराउनुभएकाे थियाे ।
पार्टीले संशोधन फिर्ता लिन र विधेयकको पक्षमा मतदान गर्न निर्देशन दिए पनि उहाँले अटेर गर्नुभएकाे थियाे ।