Aafno Khabar
creativeideas

कोरोनाविरुद्धको खोपमा अक्सफोर्ड विश्वविद्यालयलाई ठूलो सफलता

  • २०७७ जेष्ठ २ गते प्रकाशित

अमेरिका र बेलायतका केही शाेधकर्ताहरुले समाचार एजेन्सी राेयटर्ससँग अक्सफाेर्ड विश्वविद्यालयमा काेराेना भाइरसकाे खाेपकाे बारेमा भइरहेकाे कामकाे बारेमा बताएका छन् ।

उनीहरुले सुरुवाती निष्कर्ष आशाजनक भएकाे बताएका छन् । ‘शाेधकर्ताहरुले ६ वटा बाँदरकाे एक समूहमा याे खाेपकाे प्रयाेग गरेका थिए र अहिले त्याे खाेपले काम गरिरहेकाे छ ।’

अब याे खाेप मानिसमा परीक्षण भइरहेकाे छ । साथै केही अन्य वैज्ञानिकहरुमार्फत् आउँदा दिनमा याे खाेपकाे जाँच गरिनेछ । बेलायतकाे औषधि निर्माता एझेडएनएलले गएकाे महिना अक्सफाेर्ड भ्याक्सिन ग्रुप र जेनर इन्स्टिच्युटका साेधकर्ताहरुसँग मिलेर काेराेना भाइरसकाे खाेपकाे बारेमा काम सुरु गरिएकाे बताएकाे थियाे ।

बाँदरमाथि परीक्षण

शाेधकर्ताहरुले आफ्नाे रिपाेर्टमा भनेका छन्– ‘६ वटा बाँदरलाई भारी डाेज दिनुअघि याे खाेप लगाइएकाे थियाे । याे खाेपबाट केही बाँदरकाे शरीरमा एन्टिबडी विकसित हुन १४ दिन र केहीमा २८ दिन लाग्याे ।’

शाेधकर्ताहरुकाे अनुसार, ‘काेराेना भाइरसकाे सम्पर्कमा आएपछि याे खाेपले ती बाँदरहरुकाे फाेक्साे क्षति हुनबाट बचायाे शरीरमा भाइरसकाे कपी बन्न र बढ्न राेकियाे । तर भाइरस अहिले पनि नाकमा सक्रिय देखिएकाे छ ।’

लण्डन स्कुल अफ् हइजिन एण्ड ट्रपिकल मेडिसिनका प्राेफेसर डाक्टर स्टिफिन इभान्सले भने, ‘बाँदरमा गरिएकाे अनुसन्धानपछि आएकाे नतिजा निश्चित रुपमा एक राम्राे खबर हाे ।

याे अक्सफाेर्ड भ्याक्सिनकाे लागि एक ठूलाे वाधाजस्तै थियाे जसलाई उनीहरुले राम्राे ढङ्गले पार गरेका छन् ।’

सफल हुने सम्भावना ?

खाेप विकसित गर्ने प्रक्रियामा बाँदरमाथि सफल हुनु निकै महत्तवपूर्ण मानिन्छ । तर वैज्ञानिकहरुकाे जानकारी अनुसार कैयाैँ खाेप जसले बाँदरलाई रक्षा गर्दथ्याे तर अन्नतः मनुष्यकाे रक्षा गर्न विफल हुन्थ्याे ।

प्राेफेसर इभान्स भन्छन्, ‘याे विषयमा एउटा कुरा राम्राे छ । त्याे के हाे भने जुन खाेपले काम गर्दैन त्यसले सुरक्षा दिनुकाे साटाे कैयाैँ पटक बिरामीलाई अझ गम्भीर बनाउँछ । सार्स–काेभ–२ काे खाेप विकसित गर्न एक सैद्धान्तिक चिन्ता त रहन्छ नै र याे अध्ययनमा कुनै नकारात्मक प्रमाण नभेटिनु निके उत्साहजनक छ ।’

गएकाे मे १३ सम्म शाेधकाे लागि स्वइच्छाले आएका झण्डै एक हजार जनामा परीक्षणकाे रुपमा याे खाेप लगाइएकाे शाेधकर्ताहरुले बताएका छन् । उनीहरुकाे अबकाे एक महिनासम्ममा केही स्पष्ट निष्कर्षमा पुग्ने आश गरेका छन् ।

अन्य धेरै ठाउँमा पनि काम हुँदै

विश्वका केही अन्य देशमा पनि काेराेना भाइरसकाे खाेप परीक्षण भइरहेकाे छ र त्याे मानव परीक्षणकाे अवस्थासम्म पुगेकाे छ ।