Aafno Khabar

गृहमन्त्रालयले दियो पूर्वराजालाई झापाबाट काठमाडौं आउने सवारी पास

  • May 15, 2020 प्रकाशित

काठमाडौं । गृहमन्त्रालयले पूर्वराजा ज्ञानेन्द्र शाहलाई झापाबाट काठमाडौं आउनका लागि सवारी पास उपलब्ध गराएको छ ।

आज झापाबाट काठमाडौं आउनका लागि झापा जिल्ला प्रशासन कार्यालयबाट सवारी पास लिएका पूर्वराजाको सवारी पास बिहीबर गृहमन्त्रालयले सवै जिल्ला प्रशासनले जारी गरेका पास खारेज गर्ने निर्णयसँगै रद्द भएको थियो ।

पूर्वराजा शाहको पास रद्द भएपछि सामाजिक सञ्जाल र आम नागरिकवृत्तबाट चर्को विरोध भएपछि गृहमन्त्रालयले पूर्वराजा ज्ञानेन्द्र शाह र पत्नी कोमललाई झापाबाट काठमाडौँ आउनका लागि सवारी पास उपलब्ध गराएको हो । बिहीबार अवेर राति नै फेरि गृहमन्त्रालयले सवारी पास दिने निर्णय गरेको बुझिएको छ ।

पूर्वराजदम्पत्ती आफ्ना सहायक र सुरक्षा टोलीसहित शुक्रबार बिहान साढे आठ बजे दमकस्थित हिमालयन टी गार्डेनबाट काठमाडौँ प्रस्थान गरेका छन् । झण्डै दुई महिना अघि झापा गएका पूर्व राजा लकडाउनका कारण त्यही बस्न बाध्य भएका थिए ।