Aafno Khabar

कोरोना संक्रमित निको हुनेको सङ्ख्या ८ लाख ७८ हजार पुग्यो

  • २०७७ बैशाख १५ गते ०३:४४ प्रकाशित

काठमाडौं । विश्वभर कोरोना संक्रमित निको हुनेको सङ्ख्या ८ लाख ७८ हजार ८ सय २८ पुगेको छ । २९ लाख ९४ हजार धेरै मानिस कोरोनाबाट संक्रमित भएका छन् भने २ लाख ७ हजार मानिसको ज्यान गएको छ ।

कोरोनाबाट धेरै संक्रमित भएको अमेरिकामा ९ लाख ८७ हजार मानिस संक्रमित हुँदा ५५ हजार ४ सय १३ जनाको ज्यान गएको छ ।

स्पेनमा २ लाख २६ हजार संक्रमित हुँदा २३ हजार १ सय ९० जनाको ज्यान गएको छ ।  इटलीमा भने पछिल्ला केही दिनमा संक्रमित र ज्यान जानेको हुनेको सङ्ख्यामा केही कमी आएको छ ।

इटलीमा हालसम्म १ लाख ९७ हजार संक्रमित हुँदा २६ हजार ६ सय ४४ जनाको ज्यान गएको छ । बेलायतमा १ लाख ५२ हजार मानिस कोरोनाबाट संक्रमित हुँदा २० हजार ७ सय ३२ जनाको ज्यान गएको छ ।

दक्षिण एसियामा कोरोनाका कारण धेरै प्रभावित भएको भारतमा २७ हजार ८ सय ९० जना कोरोना संक्रमित हुँदा ८ सय ८१ ज्नाको ज्यान गएको छ ।