Aafno Khabar

जुनसुकै एटीएमबाट पैसा झिकेपनि थप शुल्क नलाग्ने

  • २०७६ चैत्र ७ गते १२:१३ प्रकाशित

काठमाडौं । काेराेना संक्रमण राेक्ने सरकारकाे नीति सघाउन नेपाल बैंकर्स संघले जुनसुकै बैंककाे एटीएमबाट पैसा झिके पनि थप शुल्क नलाग्ने व्यवस्था गरेकाे छ । अब जुनसुकै बैंककाे एटीएमबाट पैसा निकाल्दा थप शुल्क लाग्दैन ।

संघले मोबाइल, इन्टरनेट बैंकिङबाट कारोबार गर्दा लाग्ने शुल्क पनि हटाएकाे छ । शुक्रबार बसेको संघको बैठकले बैंकहरुमा ग्राहकको भिड कम गर्न डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने निर्णय समेत गरेको छ ।

संघको बैठकले बैंकिङ क्षेत्रमा काेराेना भाइरस जोखिम न्यूनीकरण गर्न पूर्वसावधानी अपनाउन आग्रह पनि गरेको छ ।