Aafno Khabar

अमेरिकी डलरको मूल्य हालम्मकै उच्च रेकर्ड

  • २०७६ चैत्र ७ गते ०७:०१ प्रकाशित

काठमाडाैं । अमेरिकी डलरको मूल्य हालम्मकै उच्च रेकर्ड भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विनिमय दरअनुसार १ अमेरिकी डलरको खरिद दर १२० रुपैयाँ २८ पैसा रहेको छ ।

यो हालसम्मकै उच्च मूल्य हो । कोरोनाको संक्रमण विश्वभर फैलिएपछि अमेरिकी डलर बलियो बन्दै गएको छ। पछिल्लो समय डलरको मूल्य नेपालमा निरन्तर बढिरहेको छ ।

बिहीबार डलरको खरिद भाउ ११९ रुपैयाँ ११ पैसा रहेको थियो ।