Aafno Khabar

ड्राइभिङ लाइसेन्सको लागि आवेदन र परीक्षा स्थगित

  • २०७६ चैत्र ६ गते १३:५९ प्रकाशित

काठमाडौं । सरकारले सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स)को लिखित र प्रयोगात्मक परीक्षा स्थगित गरेको छ ।

यातायात व्यवस्था विभागले लाइसेन्सका लागि आवेदन नै लिन बन्द गरेको हो । नवीकरण र प्रतिलिपि निकाल्ने सेवा भने नरोकिने विभागले बताएको छ ।

कोरोना भाइरस (कोभिड-१९) को संक्रमण त्रास बढेसँगै आवेदन र ट्रायल दिन ठूलो भीडभाड हुने भएकाले सेवा स्थगनको निर्णय लिइएको विभागले जनाएको छ ।