काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा १५०० रुपैयाँले घटेको छ । बिहीबार छापावाल सुन ७५ हजार रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
बुधबार तोलामा ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियाे । यस्तै, बिहीबार तेजावी सुन तोलामा ७४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार चाँदीको मूल्य पनि घटेको छ ।
बुधबार तोलामा ७१० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी बिहीबार घटेर ६८० रुपैयाँमा कारोबार भएको हो ।