Aafno Khabar

सुनकाे भाउ घट्याे

  • २०७६ चैत्र ४ गते ०५:२८ प्रकाशित

काठमाडाैं । सुनको भाउ मङ्गलबार एकैदिन तोलामा २ हजार रुपैयाँ घटेको छ । मङ्गलबार सुनकाे मूल्य तोलाको ७५ हजार ५ सय रुपैयाँ पुगेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

साेमबार तोलामा ५ सय रुपैयाँले बढेर तोलाको ७७ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार घटेकाे हाे । चाँदी ताेलामा ८० रुपैयाँ घटेर सात सय १० रुपैयाँ पुगेकाे महासङ्घले जनाएको छ ।