काठमाण्डाै – शुक्रबार सुनको मूल्य घटेको छ । एकै दिन तोलामा ३ हजार रुपैयाँले सुनको मूल्य घटेको हो ।
बिहीबार तोलाको ८१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार ७८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, ८१ हजार २ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य पनि घटेर ७८ हजार २ सय रुपैयाँमा झरेको छ । ८ सय ६० रुपैयाँ रहेको चाँदी आज ८ सय २० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।
गएकाे मंगलबार सुनको मूल्य अहिलेसम्मकै उच्च तोलाको ८२ हजार ७ सय रुपैयाँसम्म पुगेको थियो ।