Aafno Khabar

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल

  • March 4, 2020 प्रकाशित

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ । चार घण्टा लगाएर गरिएको प्रत्यारोपण सफल भएको शिक्षण अस्पतालले जनाएकाे छ । शिक्षण अस्पताल महाराजगञ्जमा बुधबार बिहान १० बजेदेखि मिर्गौला प्रत्यारोपण सुरु भएको थियो ।

प्रधानमन्त्री ओलीकाे सफल मिर्गाैला प्रत्याराेपणकाे कामना गर्दै अस्पतालबाहिर ठूलै सङ्ख्या शुभेच्छुक उपस्थित भएका थिए । विभिन्न देशका प्रमुखले पनि प्रधानमन्त्री ओलीलाई शुभकामना दिएका थिए ।

प्रधानमन्त्री ओलीको दोस्रो पटक मिगौला प्रत्यारोपण गरिएकाे हाे । यसअघि भारतको एपोलो अस्पतालमा १२ वर्षअघि मिर्गाैला प्रत्यारोपण गरिएको थियो ।