काठमाण्डाै । सुनको भाउले बुधबार नयाँ कीर्तिमान बनाएको छ ।
सुनको भाउ बुधबार तोलामा २२ सय रुपैयाँ बढेर अहिलेसम्मकै महँगो तोलाको ८० हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि गएको फागुन १२ गते सुनको भाउ तोलाको ८० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
गएको आइतबार तोलामा १२ सय रुपैयाँ घटेको सुनको भाउ मंगलबार तोलामा ३ सय रुपैयाँ बढेर ७८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको भाउ पनि तोलामा २० रुपैयाँ बढेर तोलाको ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।