Aafno Khabar

शिक्षाकाे एसिया प्यासिफिक भेला काठमाडौंमा

  • February 29, 2020 प्रकाशित

काठमाडौं । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल, एसिया प्यासिफिक शैक्षिक संजाल ASPBAE र नेपाल दिगो विकास फोरमको सहकार्यमा दिगो विकास लक्ष्य ४ को राष्ट्रीय कार्ययोजना माथीको राष्ट्रीय समीक्षा सम्बन्धी  छलफल आज काठमाडौंमा सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा गुणस्तरिय सार्बजनिक शिक्षा प्रणालीका पक्षमा क्रियाशिल एसिया प्यासिफिक क्षेत्रका १५ राष्ट्रका ५० जना अभियानकर्मिहरुको सहभागितमा रहेको थियो । कार्यक्रममा नेपालबाट राष्ट्रीय योजना आयोगका सदस्य डा.उषा झा, मानवअधिकारकर्मी गैरी प्रधान ,विभागका निर्देशक डा.
तुलसी थपलिया, शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका अध्यक्ष डिल्लीराम सुवेदीले आफ्नो विचार एवम प्रस्तुती राखेका थिए ।

ASPBAE का अध्यक्ष नानी, महासचिव मारीया खान, जिपिइ प्रतिनिधी हेलेनले शिक्षाको विश्वब्यापी एवम क्षेत्रीय अवस्था र चुनौती एवम नेपाल जस्ता राष्ट्र्ले अबलम्बन गर्नुपर्ने रणनीति बारे प्रस्तुती गरेका थिए ।