काठमाण्डाै । शुक्रबार सुनचाँदीकाे भाउ घटेको छ ।
सुनको भाउ शुक्रबार तोलामा ५ सय रुपैयाँले घटेर तोलाको ७९ हजार २ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीबार तोलामा २ सय रुपैयाँ बढेको सुनको भाउ शुक्रबार घटेको हो ।
यस्तै, चाँदी पनि तोलामा २० रुपैयाँ घटेर तोलाको ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।