काठमाण्डाै । सरकारले प्रतिलिटर पेट्रोल र डिजेलमा १० रूपैयाँँ विकास कर लगाएकाे छ ।
बिहीवार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चार मन्त्रालयका जिम्मेवारी सम्हालेका अर्थमन्त्री युवराज खतिवडाले करबारे जानकारी दिएका हुन् ।
गत फागुन १२ गते बसेको मन्त्रिपरिषद बैठकले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैया विकास कर लगाउने निर्णय गरेको हो । सरकारले पेट्रोलियम पदार्थमा प्रतिलिटर ५ रुपैयाँ कर लिँदै आएकाे थियाे । अहिले ५ रूपैयाँ थपेर १० पुर्याइएकाे हाे ।