Aafno Khabar

सुनकाे मूल्य ताेलामा ५ सय रूपैयाँ घट्याे

  • २०७६ फाल्गुन १४ गते १०:४२ प्रकाशित

काठमाण्डाै – बुधबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ८० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बुधबार ५ सय रुपैयाँले घटेर ७९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेर ७९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार सुनको मूल्य तोलामा ७९ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर नौ सय पाँच रुपैयाँमा कारोबार भइरहेको छ ।