Aafno Khabar
add khanepani

विश्वका ३० प्रदुषित सहरमध्ये २१ वटा भारतमा, ८ नम्बरमा नेपाल

  • February 26, 2020 प्रकाशित

एजेन्सी । सबैभन्दा दूषित हावा हुने सहरहरुको सूचीमा शीर्ष स्थानमा भारत परेको छ । नयाँ रिपोर्ट अनुसार सबैभन्दा कम गुणस्तरको हावा भएका शीर्ष ३० शहरमध्ये २१ वटा भारतका रहेकाे सीएनएनले उल्लेख गरेकाे छ।

एयर भिजुअलको विश्व हावा गुणस्तर रिपोर्टमा भारतको उत्तर प्रदेशस्थित राजधानी नयाँ दिल्लीको गजियाबाद सहर सबैभन्दा प्रदुषित रहेको उल्लेख छ । गत नोभेम्बरमा मात्र नयाँ दिल्लीले एक्युआइ स्तर ८०० नागेपछि स्वास्थ्य आपत्काल घोषणा गरेको थियो । यो भनेको खतरनाक स्तरको पनि तीन गुणा बढी हो । हावामा हुने कुनै पनि कण २.५ पीएमभन्दा सानो भएमा स्वास्थ्यका लागि धेरै हानिकारक मानिन्छ किनकी त्यस्ता साना कणहरु फोक्सोसम्म पुग्न सक्छन् ।

देशव्यापी रिपोर्टमा भने बांग्लादेश विश्वको सबैभन्दा प्रदुषित मुलुक रहेको पाइएको छ । त्यसपछि पाकिस्तान, मंगोलिया, अफगानिस्तान, भारत क्रमशः पाचौँ स्थानसम्म रहेका छन् । नेपाल पनि यसमा आठौँ नम्बरमा आएको छ । नेपालको हावा विशेषगरी संवेदनशील समूहका लागि धेरै अस्वस्थकर मानिएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वव्यापी रुपमा वायु प्रदुषणका कारण वार्षिक ७० लाख मानिसको समयभन्दा अघि मृत्यु हुने गरेको छ । यसले विशेषगरी मुटुसम्बन्धी समस्या, क्यान्सर र स्वासप्रस्वासको संक्रमण गराउँछ ।