Aafno Khabar

सुनकाे मूल्यमा नयाँ रेकर्ड, एकै दिन १५ सय रूपैयाँ बढ्याे

  • February 24, 2020 प्रकाशित

काठमाण्डाै – केही दिनदेखि उकालो लागेको पहेंलो धातु सुनको मूल्यमा सोमबार पनि नयाँ रेकर्ड कायम भएको छ । हिजो आइतबार तोलामा ७ सय रुपैयाँ बढेको सुनको भाउ आज १५ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बजारमा छापावाला सुन साेमबार प्रतितोला ८० हजार ३ सय रुपैयाँमा खरिद बिक्री भइरहेको छ । यो मूल्य अहिलेसम्मकै उच्च हो । आइतबार छापावाला सुन प्रतितोला ७८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुन प्रतितोला ८० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार तेजाबी सुन प्रतितोला ७८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आइतबार प्रतितोला ९२० मा कारोबार चाँदी साेमबार प्रतितोला ९२५ मा कारोबार भइरहेकाे छ ।