Aafno Khabar

कमेडी च्याम्पियनको टप-३ बाट बाहिरिए मेक्सम गौडेल !

  • February 23, 2020 प्रकाशित

काठमाडौं । पछिल्लो समय नेपालमा लोकप्रिय बन्दै गएको रियालिटी शो कमेडी च्याम्पियनको टप- ३ बाट स्याङजाली कमेडियन मेक्सम गौडेल बाहिरिएका छन् ।

टप ४ सम्म दमदार प्रस्तुती गर्दै मौलिकताको पहिचान बनाएका गौडेल टप ३ बाट बाहिरिएको कुरा कमेडि च्याम्पियनका एक महत्वपूर्ण निर्णायक मनोज गजुरेलले पोष्ट गरेको तस्विरबाट बुझ्न सकिन्छ ।

सेल्फि अफ द इयर क्याप्सन दिएर गजुरेलले पोष्ट गरेको फोटोमा गौडेललाई देख्न पाइदैन । जब की कमेडी च्याम्पियनमा आउट हुने सहभागिलाई मन्चमा देखाइने गरिएको छैन ।

गजुरेलले पोष्ट गरेको सो फोटो अहिले उनको वालमा भने देख्न पाइदैन । बिहीबार र शुक्रबार सुटिङ हुने यो कार्यक्रम आइतबार र सोमबार बेलुकी प्रसारण हुन्छ ।