Aafno Khabar

कमिसन काण्डमा प्रधानमन्त्री र बास्काेटा उत्तिकै दोषी : गगन थापा

  • February 23, 2020 प्रकाशित

बर्दिया । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदमा बसिरहने राजनैतिक र नैतिक हैसियत गुमाइसकेको बताउनुभएको छ ।

नेपाली कांग्रेस ठाकुरबाबा नगरपालिका बर्दियाले आयोजना गरेको पहिलो नगर सम्मेलनलाई सम्बोधन गर्दै नेता थापाले सयूतो बताउनु भएको हो । शुसासन र शून्य सहनशिलताको कुरा गर्ने केपी ओली नेतृत्वका मन्त्रीहरु एक पछि अर्को गर्दै भ्रष्ट्राचारको काण्डमा मुछिएको भन्दै नेता थापाले यही कारणबाट सरकारले आफ्नो राजनैतिक हैसियत गुमाएको बताउनुभयो ।

सञ्चारमन्त्री गोकुल बास्कोटाको ७० करोड कमिसन काण्डका बारेमा प्रधानमन्त्रीलाई पहिल्यै जानकारी भएर पनि चुप बसेको भन्दै नेता थापाले यो प्रकरणमा प्रधानमन्त्रीको पनि संलग्नता हुन सक्ने आशंका व्यक्त गर्नुभयो ।

कमिसन प्रकरणका बारेमा थाहा हुँदा हुँदै पनि प्रधानमन्त्री ओलीले बास्कोटाको संरक्षण गरेकाले प्रधानमन्त्री पनि यो प्रकरणमा बास्कोटा जत्तिकै दोषि रहेको उहाँको भनाई छ ।  एक अर्को प्रसंगमा नेता थापाले नेपाली कांग्रेसले जती सहि आचरण राख्न सक्छ त्यती नै कांग्रेस मजबुत हुने बताउनुभयो सक्छ । पार्टी धनले बलियो हुँदैमा त्यो बलियो पार्टी नहुने भन्दै पार्टीलाई बलियो बनाउन जनताको विश्वास र साथ चाहिने बताउनुभयो ।