एजेन्सी । अमेरीकी क्रिकेटर निसर्ग पटेललाई अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले बलिङमा प्रतिबन्ध लगाएको छ ।
आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल र ओमान विरुद्धको त्रिकोणात्मक सिरीजका बेला पटेलको बलिङ एक्सन अनाधिकृत रहेको भन्दै आइसीसीले तत्काल लागुहुने गरी प्रतिबन्ध लगाएको हो ।
आइसीसीको बलिङ एक्सपर्ट प्यानलले उनको बलिङ गर्ने तरिकाको अध्ययन गरेर यो कारवाहि सुनाएको हो । आइसीसीको एक्सपर्ट प्यालननले आफ्नो नियमको चार दशमलव सातको बुँदाका आधारमा उनीमाथि कारवाही सुनाएको हो ।
आइसीसीको नियम भन्दा १५ डिग्री लेभल माथिबाट उनले बलिङ गरेको पाइएको छ । उनको प्रतिबन्ध अर्को कारवाही नहुँदासम्मका लागि कायम हुनेछ ।
अब पटेलले आफ्नो बलिङ एक्सनमा सुधार गर्नुपर्ने र फेरी आइसीसीले उनको सो एक्सनको रिपोर्ट हेरेपछि के गर्ने भन्ने निर्णय गर्नेछ ।