Aafno Khabar

१६ वर्षीया किशोरीमाथी ३ जनाले गरे सामूहिक बलात्कार

  • February 17, 2020 प्रकाशित

बुटवल । रुपन्देहीको मर्चवारमा एक किशोरीमाथी सामूहिक बलात्कार गरेकाे अाराेपमा तीन जना पक्राउ परेका छन् ।

बुटवलको सम्मरीमाई गाउँपालिका-३ थुम्हवाकी १६ वर्षीया एक किशोरीलाई स्थानीय तीन जना युवाले बलात्कार गरेको इलाका प्रहरी कार्यालय मर्चवारले जनाएको छ ।

बलात्कारमा संलग्न भएको अभियोगमा तीन जनालाई नै नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मर्चवारले जनाएकाे छ ।

गाउँमा आयोजित महायज्ञमा गएका बेला किशोरीलाई बोलाएर घरभन्दा केही टाढा निर्माणाधीन भवनमा पुर्‍याइ तीन जनाले बलात्कार गरेको प्रहरीको भनाइ छ ।

घटनामा संलग्न तीनै जना युवा र किशोरीको मेडिकल परीक्षणको लागि भीम अस्पताल भैरहवा पठाइएको प्रहरीले जनाएको छ ।