Aafno Khabar

पूर्वसभामुख महरा निर्दोष ठहर, अदालतबाट पाए सफाइ

  • February 17, 2020 प्रकाशित

काठमाडौं । काठमाडौं जिल्ला अदालतले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई बलात्कार उद्योगको मुद्दामा सफाइ दिएको छ ।

जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको हो ।

सं‌सद सचिवालयकी कर्मचारीलाई बलात्‍कार प्रयास गरेको आरोपमा महरामाथि मुद्दा लागेको थियो ।

यसअघि काठमाडौं जिल्‍ला अदालतले महरालाई कसूरदार होइन भन्न नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाएको थियो ।