Aafno Khabar

ए डिभिजन लिगमा थ्रीस्टारको सुखद अन्त्य

  • २०७६ फाल्गुन २ गते ०९:०१ प्रकाशित

काठमाडौं । थ्री स्टार क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबलको अन्तिम खेलमा जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको आफ्नो अन्तिम खेलमा थ्री स्टारले च्यासल युथ क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो । थ्री स्टारलाई जित दिलाउन अनन्त तामाङ र भारतीय खेलाडी लाल राम्मव्राले एक–एक गोल गरे ।

जितसँगै थ्री स्टार लिगको तेस्रो स्थानमा उक्लिएको छ । थ्री स्टारले १३ खेलबाट २६ अंक जोडेको छ । च्यासलले भने हारबाट सिजनको अन्त्य गरेको छ । च्यासलले १३ खेलमा १५ अंक जोडेको छ । च्यासल आठौं स्थानमा रहेको छ ।