Aafno Khabar

सन्दीप र सुशन चम्किदा नेपालको कीर्तिमानी प्रदर्शन

  • २०७६ माघ २९ गते ०५:०९ प्रकाशित

काठमाडौं । नेपाली क्रिकेट टिमका स्पिनरद्धय सन्दीप लामिछाने र सुशन भारीको घातक बलिङसँगै नेपालले अमेरिकालाई ३५ रनमा अलआउट गरेको छ । यो एकदिवसीय क्रिकेटकै सबैभन्दा कम स्कोर हो ।

आईसीसी क्रिकेट वल्र्डकप लिग २ अन्तरगत क्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले टस जितेको थियो र अमेरिकालाई ब्याटिङको निम्तो दिएको थियो । तर अमेरिकाका ब्याट्सम्यानहरु नेपाली स्पीनसामू निरिह देखिए ।

पहिलो ओभर करण केसीले मेडन फालेका थिए । दोस्रो ओभरको छैटौं बलमा सन्दीपले विकेटको खाता खोले । त्यसपछि लगातार विकेट गुमाएको अमेरिका १२ औं ओभरको अन्तिम बलमा ३५ रन बनाएर अलआउट भयो । सन्दीप एक्लैले ६ विकेट लिँदा सुशनको नाममा चार विकेट रह्यो ।

अमेरिकाका जेभियर मार्सलले १६ रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् ।