Aafno Khabar

घाम लागेपनि बिहान र बेलुकी चिसो बढ्यो

  • २०७६ माघ ११ गते ०३:०१ प्रकाशित

काठमाडौं । पछिल्ला केही दिन दिउँसो घाम लागेपनि बिहान र बेलुकी पख चिसो बढेको छ । राती आकाश खुलेको तथा उत्तरपश्चिम हिमालबाट हावा आएकाले अधिकतम तापक्रम घट्दा चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै हिमालबाट बहेको हावा र न्यूनतम तापक्रम बढे पनि अधिकतम तापक्रम घट्दा चिसो भएको शाखाको भनाई छ ।

बिहीबारको भन्दा शुक्रबार तापक्रम झण्डै तीन डिग्री घटेर काठमाण्डौको अधिकतम तापक्रम १५ दशमलव ७ डिग्री सेल्सियसमा झरेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

बिहीबार काठमाण्डौको अधिकतम तापक्रम १८ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो ।