काठमाडौं । राष्ट्रपति बिद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले पदबाट राजीनामा दिएका छन ।
शुक्रबार उनले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजिनामा बुझाएका हुन । द्वन्द्वकालीन मुद्दामा मुछिएका विवादित पात्र अग्नी सापकोटालाई सभामुख चयन गर्ने निर्णयप्रति असहमित जनाउँदै उनले पदबाट राजीनामा दिएको बताइएको छ ।
उनी मानव अधिकारकर्मी हुन । उनी २०७४ सालको चैतमा राष्ट्रपतिको राजनीतिक सल्लाहकारमा नियुक्त भएका थिए ।