Aafno Khabar

नेपाल एअरलाइन्सका २५ जना पाइलटले दिए सामूहिक राजीनामा

  • आफ्नो खबर
  • January 24, 2020 प्रकाशित

काठमाडौं । नेपाल एअरलाइन्सका २५ जना पाइलटले सामूहिक राजीनामा दिएका छन । विदेशी र नेपाली पाइलटबीच सेवा सुविधामा चरम विभेद गरिएको भन्दै उनीहरुले तीन महिनाको समय दिएर व्यवस्थापनसमक्ष राजीनामा पत्र बुझाएका हुन ।

व्यवस्थापनको काममा नेपाली स्थायी कर्मचारी बढी खटिनुपर्ने भए पनि बढी सेवा सुविधा विदेशी पाइलटलाई दिइएको उनीहरुको आरोप छ ।

उनीहरुले तीन महिनामा नेपाली पाइलटलाई तालिम दिएर सबै विदेशी पाइलट विस्थापन गर्ने वा नेपाली पाइलटले दिएको राजीनामा स्वीकृत गरेर सबैलाई करारमै काम चलाउन विकल्प दिएका छन ।

तीन महिनाभित्र नेपाली र विदेशी पाइलटबीचको विभेद अन्त्य नगरे आफूहरु काममा नआउने भन्दै उनीहरुले राजीनामा पत्रमा लेखेका छन । नेपाल एअरलाइन्समा पाइलटहरुले लामो समयदेखि असन्तुष्टि व्यक्त गर्दै आएका थिए ।