Aafno Khabar

धादिङमा भएको दुर्घटनामा ७ जनाको मृत्यु, सबैको पहिचान

  • January 21, 2020 प्रकाशित

धादिङ । धादिङको निलकण्ठ नगरपालिका ८, ससाह ज्यामिरेमा भएको ट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ भने मृतक सबैको परिचयसमेत खुलेको छ ।

मृत्यु हुनेहरुमा नीलकण्ठ नगरपालिका २, भुलभुलेका तिलकबहादुर गुरुङ, पूर्णमान श्रेष्ठ, प्रेमबहादुर गुरुङ, बिदुर गुरुङ, बलबहादुर गुरुङ, सेते गुरुङ, ध्वजबहादुर गुरुङ रहेका छन ।

दुर्घटनामा तीन जनाको घटनास्थलमै र ४ जनाको जिल्ला अस्पतालमा ल्याउँदै गर्दा मृत्यु भएको धादिङका ट्राफिक प्रहरी  नीरिक्षक निरज भट्टले जानकारी दिनुभयाे ,

दुर्घटनामा घाइते भएका ३२ जनामध्ये १० जनालाई हेलिकप्टरबाट र ६ जनालाई एम्बुलेन्सबाट काठमाण्डौको ट्रमा सेन्टरमा पठाइएको छ ।

धादिङको ज्वालामुखी गाउँपालिका ४, ढोलामण्डलीको दर्शन गरेर फर्किँदै गरेका यात्रु बोकेको ग १ ख ८०१२ नम्बरको ट्रक दुर्घटना भएको थियो । घाइते भएकामध्ये बाँकी सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।