मनाङ । अन्नपूर्ण पदमार्ग अन्तर्गत ५४१६ मिटर उचाइको थोराङला पास गर्न गएका ४ जना चिनियाँ पर्यटक सम्पर्कविहीन भएका छन् ।
उनीहरु गत पुस २७ मा थोराङला पास गर्नका लागि गएकोमा अहिलेसम्म थोराङला पास नगरेको र फिर्ता पनि नभएको प्रहरीले जनाएको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको मनाङ ङिस्याङ गाउँपालिका–९ मा रहेको कार्यालयलाई उद्धृत गर्दै गण्डकी प्रदेश प्रहरी कार्यालयले यो जानकारी गराएको हो ।
प्रहरी उपरीक्षक दीपक रेग्मीका अनुसार हृवाङ यिविन, क्याटसियु टिङ र मा क्आिन्ली र अन्वद झाड सम्पकविहीन भएका हुन् । घटनाबारे जानकारी पाउना साथ हुम्दे प्रहरी चौकीबाट प्रहरी घटनास्थलमा खटाइएको छ । लगातारको हिमपातका कारण मनाङको माथिल्लो क्षेत्रमा संचारका सबै सेवा अबरुद्ध छन् ।