Aafno Khabar

सुनको मूल्य फेरी बढ्यो

  • January 15, 2020 प्रकाशित

काठमाडौं । निरन्तर उकालो लागेर केही समय घटेको सुन आज फेरी तोलामा सात सय रुपैयाँले बढेको छ ।
बुभबार सुन तोलाको ७४ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । मङ्गलबार आठ सय रुपैयाँ घटेर सुन तोलाको ७४ हजार रुपैयाँ पुगेको थियो । पुस महिनामा मात्र सुनको मूल्य तोलामा २५ सय रुपैयाँ बढेको छ ।

यस्तै चाँदी बुधबार तोलामा पाँच रुपैयाँ घटेर तोलाको आठ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । पुस महिनामा चाँदी तोलामा ३० रुपैयाँ बढेको महासङ्घले जनाएको छ ।