काठमाडौं । गायक निशान भट्टराईको सवारी दुर्घटनामा परी निधन भएको छ । दरबारमार्गस्थित बानथाई रेस्टुरेन्टबाट मंगलबार राति निवास फर्कने क्रममा भट्टराईले चलाएको कार तीनकुनेस्थित सडकको पोलमा ठोक्किएर दुर्घटना भएको थियो । जसमा भट्टराई गम्भीर घाइते हुनुभएको थियो । लगत्तै उहाँलाई उपचारका लागि ट्रमा सेन्टर लगिएकोमा त्यही निधन भएको हो ।
भट्टराई ४० को दशकको अन्त्यतिर उदाएका गायक खासगरी गजलका कारण चर्चित हुनुहुन्थ्यो । स्टेजसँगै होटल रेस्टुरेन्टहरूमा गजल गाउँदै आउनुभएका भट्टराईको स्थायी ठेगाना धरान हो ।