Aafno Khabar

ट्रिपरले किचेर युवाकाे मृत्युपछि धनुषा तनावग्रस्त, स्थानीयमाथी प्रहरीकाे लाठीचार्ज

  • January 10, 2020 प्रकाशित

धनुषा । ट्रिपरले किचेर युवककाे मृत्यु भएपछि मिथिला नगरपालिका-५, श्रीपुरको अवस्था तनावग्रस्त बनेको छ । अवैध खोला उत्खननको विरोध गर्ने युवकको टिप्परले किचेर मृत्यु भएकाे हाे ।

बिहानैदेखि भइरहेको प्रदर्शनले अवस्था तनावग्रस्त बन्दै गएपछि अवस्था नियन्त्रण गर्न प्रहरीले लाठी चार्ज गर्दै एक दर्जनभन्दा बढी आश्रुग्याँस प्रहार गरेको छ । अहिले त्यस क्षेत्रमा व्यापक रुपमा प्रहरी परिचालन गरिएको छ ।

घटनापछि स्थानीयले विरोध जनाउँदै पूर्व पश्चिम राजमार्ग बिहानैदेखि अवरुद्ध गरेका छन् । दोषीमाथि कारबाहीको माग गर्दै घटनास्थल नजिकै मिथिला नगरपालिका-५ श्रीपुरको रामलक्ष्मण चोकमा स्थानीयहरुले टायरबालेर राजमार्ग अवरुद्ध गर्दै विरोध प्रदर्शन गरिरहेका हुन् ।