काठमाडौं । अहिले नेपालमा पश्चिमी न्युन चापिय प्रणालीको प्रभावका कारण पश्चिमी भू-भागमा सामान्य देखि पूर्ण बदली रही बाँकि स्थानहरुमा सामान्य बदलिको अवस्था रहेको छ । देशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमालीका अधिकांश भू – भागमा हिमपात भइरहेको छ ।
आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका उच्च पहाडी तथा हिमाली भू भागका अधिकांश स्थानहरुमा मध्यम देखि भारी हिमपात हुने सम्भावना रहेको छ।
आज देशको मध्य तथा पूर्वी भु भागमा सामान्य बदली तथा पश्चिमका भू-भागमा आंशिक बदलि रही पश्चिमका एक दुई स्थानहरुमा साथै मध्य र पूर्वका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको महाशाखाले निकालेको सूचनामा जनाइएको छ । देशका मध्य तथा पूर्वी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपात हुने सम्भावना रहेको छ।
देशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावनाका साथै उच्च पहाडी तथा हिमाली भू भागका अधिकांश स्थानहरुमा मध्यम देखि भारी हिमपात हुने सम्भावना रहेकोले, चिसोबाट जोगिने उपाय अपनाउन र यात्रा गर्दा सावधानी अपनाउन समेत महाशाखाले सुुझाव दिएको छ । शुक्रबारबाट भने मौसममा सुधार हुदै जाने जनाइएको छ ।