Aafno Khabar

देउवाको लन्च पार्टी सभापति फकाउँने काइदा

  • २०७६ पुष २३ गते १६:३९ प्रकाशित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले असन्तुष्ट जिल्ला सभापतिहरुलाई पार्टी दिने भएका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले बोलाएको भेलामा सहभागी हुन काठमाडौँ आएका ४३ जिल्ला सभापतिहरुलाई बिहीबार बिहान १० बजे बूढानिलकण्ठमा जिल्ला सभापतिहरुलाई पार्टीका लागि बोलाएको कांग्रेसले जनाएको हो ।

गत सोमबारबाट पार्टी कार्यालय सानेपामा सुरु भएको भेलामा सभापतिहरुले संस्थापन पक्षले विधान मिचेको आरोप लगाएका थिए ।

जिल्ला सभापतिहरुले छलफलका क्रममा गेरेका निर्णयहरु लिखित रुपमा केन्द्रीय सभापति र वरिष्ठ नेतालाई बुझाउने बताइएको छ ।

बिहीवार सभापति देउवा निवासमा हुने भेलाले पार्टीभित्र रहेको विवाद सुल्झाउन सकारात्मक भुमिका खेल्ने नेताहरुको विश्वास छ ।