Aafno Khabar

भारतीय क्रिकेटर हार्दिक पाण्डेयले गरे अभिनेत्री नताशासँग इनगेजमेन्ट

  • January 4, 2020 प्रकाशित

एजेन्सी । भारतीय क्रिकेटर हार्दिक पाण्डेयले इनगेजमेन्ट गरेका छन् । हार्दिकले नयाँ वर्षको पहिलो दिन बुधबार सर्बियाली अभिनेत्री नताशा स्टेनकोविकसँग इनगेजमेन्ट गरेका हुन् ।

हार्दिकले सामाजिक सञ्जालमा स्टाटस लेख्दै भनेका छन्, ‘मैं तेरा, तू मेरी जाने, सारा हिन्दुस्तान ।’ हार्दिक भारतीय क्रिकेटमा अलराउण्डर रहेका छन भने हाल मुम्बईमा बस्दै आएकी २७ वर्षकी नताशा भारतीय चलचित्र उद्योगमा सक्रिय रहेकी छन् ।

को हुन नताशा ?

सर्वियन नागरिक नताशा बलिउडमा पनि काम गरेकी छन्। उनको डेब्यु प्रकाश झा निर्देशित सत्याग्रह हो। सन् २०१२ मा भारत आएकी नताशाले उक्त सिनेमाको आइटम गीतमा नाचेकी थिइन्।

त्यसपछि र्‍यापर वादशाहको म्युजिक भिडिओ खेलिन्। सन् २०१४ मा उनी सलमान खानले चलाउने टिभी कार्यक्रम बिग बोसमा सहभागी भइन्।

उनलाई र्‍यापर बादशाहकै ब्लकबस्टर गीत ‘डिजेवाला बाबु’ बाट लोकप्रियता मिल्यो। २७ वर्षीया नताशा शाहरूख खानको सिनेमा जिरो पनि अतिथि भूमिका देखिइन्।

सम्बन्धित शीर्षकहरु