चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आन्तरिक विवाद अन्त्य नभए पार्टी केही समयमै समाप्त हुने चेतावनी दिनुभएको छ ।
चितवनको रत्ननगरमा आयोजित कार्यक्रममा नेता पौडेलले आपसी विवाद छाडेर पार्टीलाई विकृतिमुक्त बनाउनुपर्ने बताउनुभएको हो ।
उहाँले पार्टीभित्रको आन्तरिक किचलो अन्त्य गर्दै एकढिक्का भएर आगामी निर्वाचनका लागि तयार हुन भन्दै ९ बुँदे लिखित प्रस्ताव गर्दा पनि सभापति देउवाले आफ्ना सुझाव सम्बोधन नै नगरेको बताउनुभयो ।
वरिष्ठ नेता पौडेल समूहले पार्टीको केन्द्रीय कार्यसमिति बैठक समेत पटक पटक बहिस्कार गर्दै आएको छ । आफ्ना मागपूरा नभएसम्म बैठकमा सहभागि नहुने अडान पौडेल पक्षले लिएको छ ।।