Aafno Khabar
creativeideas

नेपाल र चिनीया कलाकारको मैत्रीकला प्रर्दशनी सुरु

  • २०७६ पुष १० गते प्रकाशित

काठमाडौं । राजधानी काठमाण्डौमा नेपाल र चिनीया कलाकारको मैत्रीकला प्रर्दशनी सुरु भएको छ ।

बबरमहलस्थित नेपाल कला परिषद्मा आजदेखि सुरु भएको प्रर्दशनीमा नेपाली कलाकार तथा प्राज्ञ धर्मराज शाक्य र चीनका प्रख्यात कलाकार झेन झोन्गीका चित्रकला र मूर्तिकलाहरु राखिएको छ ।

नेपाल अन्तर्राष्ट्रिय प्रदर्शनी सङ्घले नेपाल–चीन दांैत्य सम्बन्धको ६५ वर्ष पुगेको सन्दर्भमा दुई देशका कलाकारहरुको मैत्रीकला प्रदर्शनी गरेको हो ।