गतबर्ष प्रदर्शनमा आएका फिल्म असफल भएपछि अभिनेता जीवन लुईटेललाई घाटा लागेको थियो । ‘नाई नभन्नु ल २’ प्रदर्शनमा आएपनि जीवनको भूमिका विशेष मात्र भएकाले यसको सफलताको जश उनले पाएनन् । यो बर्ष लगातार ३ फिल्म असफल भएपछि जीवनलाई पुन: धक्काको महसुस भएको हुनुपर्छ ।
संख्या बढाएर असफल हुनुभन्दा बर्षमा सिमित फिल्म तर राम्रो गर्ने जीवनले बताउँदै आएका छन् । तर, जीवनले लगातार २ फिल्म छाडेका छन् । छोडेका फिल्मले उनको करिअरमा सफलताको स्वाद थपिदिन सक्थ्यो ।
जीवनले ‘नाई नभन्नु ल’को २ वटा सिक्वेलमा काम गरेपनि तेश्रोमा गरेनन् । २ वटा फिल्मको सिक्वेलले उनलाई हिट बनायो । यो कुरा स्वयंम जीवन पनि स्विकार गर्दै आएका छन् । तर, यसको तेश्रो सिक्वेल छाडेपछि भने जीवनले गल्ती गरे भन्नेहरुको संख्या धेरै भेटियो । जीवनले आफूलाई भूमिकामा चित्त नवुझेकाले गरेको बताउँदै आएका छन् ।
जीवनले अर्को एक चर्चित कृतीमा बन्ने फिल्ममा काम गर्ने चर्चा भयो । जीवन एक महिनाका लागि अमेरिका पुगे । विश्वेश्वरप्रसाद कोइरालाको कृती ‘तीन घुम्ती’माथि आधारित रहेर बन्न लागेको ‘तीन घुम्ती’मा जीवन छुटे । जीवनले काम गरेनन् या निर्माणपक्षसँग केही असमझदारी भयो, अहिलेसम्म खुलेको छैन । जीवनले २ राम्रा र चर्चा पाउने फिल्म छाडेको चर्चा बजारमा सुरु भएको छ ।