Aafno Khabar

लक्ष्मी बैंकको १५ प्रतिशत बोनस प्रस्ताव पारित

  • २०७६ पुष ७ गते ०६:२० प्रकाशित

काठमाडौं । लक्ष्मी बैंकको १५ प्रतिशत बोनस प्रस्ताव पारित भएको छ ।

बैंकको आईतबार राजधानीमा सम्पन्न १९ औं वार्षिक साधारणसभाले १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांसको प्रस्ताव पारित गरेको हो ।

बैंक गत आर्थिक बर्षमा १ अर्ब ५९ करोड खुद नाफा आर्जन गर्न सफल भएको जनाएको छ । बैंकले अघिल्लो बर्ष १ अर्ब १८ करोड खुद नाफा गरेको थियो ।

यस्तै बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्म ८२ अर्ब २० करोड निक्षेप संकलन गरी ७९ अर्ब ५४ करोड कर्जा प्रवाह गरेको पनि जनाएको छ ।

यस्तै बैंकले मर्जर र एक्विजिसनको लागी आवश्यक छलफल भईरहेको पनि जनाएको छ ।

सम्बन्धित शीर्षकहरु