काठमाडौं । सरकारले मिलिनियम च्यालेन्ज कोअपरेसन (एमसीसी) सम्बन्धि सम्झौता संसदबाट अनुमोनदन हुने प्रष्ट पारेको छ ।
सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बास्कोटाले हिउँदे अधिवेशनबाट एमसीसी पारित हुने बताउनुभएको हो । सञ्चारमन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा बास्कोटाले जुनसुकै हालतमा पनि यो पारित हुने बताउनुभयो । ‘फोबियाहरुद्वारा हामी चल्न चाहादैनौँ । पो पास हुन्छ’, उहाँले भन्नुभयो ।
पार्टीभित्र नै एमसीसीको विरोध भइरहेको सन्दर्भमा बास्कोटाले यसको विषयमा धेरै बुझेका र केही नबुझेकाहरुले विरोध गरिरहेको बताउँनुभयो । ‘‘एमसीसी र ईण्डो प्यासिफिक रणनीति एउटै हो भन्नेहरु कि धेरे बुझेको हुनुपर्छ कि केही नबुझेको ।
अंग्रेजी नी जान्या छ, स्पेनिस नि जान्या छ, हिन्दी नि जान्या छ, चाईनिज पनि जान्या छ, भने यति धेरै जान्नेले नै जान्दछ । मलाई जहाँसम्म लाग्छ एमसीसी आउँदा ईण्डो प्यासिफिक भन्ने शब्दावली नै आएको थिएन् ।’’
नेकपाको विदेश विभागले समेत यसको विरोध नगरोको भन्दै बास्कोटाले दलको बैठकमा कुरा आउँदैमा केही फरक नपर्ने बताउनुभयो । ‘दलको बैठकमा अनेकौँ कुराहरु उठ्छन् नी उठेका सबै कुरा कहाँ पास हुन्छन् । कहाँ सदर हुन्छन् । हुँदैनन् नी’, बास्कोटाले भन्नुभयो ।