Aafno Khabar
ट्रेन्डिङ खबर

काठमाडौं उपत्यकामा थपिए ५११ कोरोना संक्रमित

काठमाडौं । गएको २४ घण्टामा काठमाडौं उपत्यकामा ५११ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ४४०, भक्तपुरमा ४३ र ललितपुर २९ गरी जम्मा ५११ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै बितेको २४ घण्टामा काठमाडौंसहित देशभर...

पछिल्लाे २४ घण्टामा विश्वभर अहिलेसम्मकै धेरै काेराेना संक्रमित फेला

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले एकै दिन अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरस संक्रमित भेटिएको जानकारी दिएको छ । गत २४ घण्टामा विश्वभर ३ लाख ७ हजार ९ सय ३० जना मानिसमा संक्रमण देखिएको संगठनले जनाएको हो । डब्लूएचओका अनुसार कोरोनाका...

दुर्घटनामा परेका राष्ट्रिय क्रिकेटर भण्डारी खतरामुक्त

काठमाडौं । दुर्घटनामा परेर घाइते भएका राष्ट्रिय क्रिकेट टोलीका बायाँ हाते तीव्र गतिका बलर ललितसिंह भण्डारीको स्वास्थ्य खतरामुक्त रहेको अस्पतालले जनाएको छ । आइतबार झलारी बजारमा ललित र उनका नातेदार करण ठगुन्ना सवार मोटरसाईकललाई ट्रकले ठक्कर दिँदा ललित घाइते भएका...

पीसीआर परीक्षणको शुल्क आधाभन्दा धेरै घट्यो

काठमाडौं । सरकारले पीसीआर परीक्षणको शुल्क घटाएर दुई हजार तोकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस अघि ४ हजार ५ सयमा हुँदै आएको परीक्षण शुल्क घटाएर दुई हजार तोकेको हो । अन्र्तराष्ट्रिय बजारमा नै पीसीआर परीक्षणको शुल्क घटेको भन्दै...

निजी अस्पतालको रिपोर्टले पनि कोरोना बीमाको दाबी भुक्तानी पाइने

काठमाडौं । बीमा कम्पनीहरुले निजी अस्पतालको रिर्पोटलाई पनि कोरोना बीमाको मान्यता दिने भएका छन् । बीमा समितिले संशोधन गरेको कोरोना बीमा मापदण्डअनुसार निजी ल्याबको रिपोर्टका आधारमा पनि कोरोना बीमाको दाबी पाइने भएको हो। सोमबारदेखि लागू हुने गरी बीमा समितिको सञ्चालक...

यही वर्षमा नेपाल ‘सडक बालबालिका मुक्त राष्ट्र’ हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिका देशको सुदूर भविष्य भएको बताउनुभएको छ । उहाँले बालबालिकाको हक, हित र उनीहरूका अधिकारको संरक्षणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो । प्रधानमन्त्री ओलीले राष्ट्रिय बाल दिवसका अवसरमा शुभकामना सन्देश दिनुहुँदै यस आर्थिक वर्षभित्रै...

सिन्धुपाल्चोक पहिरो अपडेट : ११ जनाको मृत्यु, २० अझै बेपत्ता

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे–७ घुम्थाङमा गएको पहिरोमा पुरिएर मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । २० जना अझै बेपत्ता रहेका छन् । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार मृत्यु हुने सबैको सनाखत भएको छ । मृत्यु हुनेहरुमा १.भक्तिमाया श्रेष्ठ – ६३...

प्रधानमन्त्रीको संरक्षणमा नेपालमा भ्रष्टाचार मौलायो : ट्रान्सपरेन्सी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको संरक्षणमा नेपालमा भ्रष्टाचार मौलाएको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले आरोप लगाएको छ । साना तीना मुद्दामा अडकेर अख्तियारले ठूला भ्रष्टाचारको संरक्षण गरेको ट्रान्सपरेन्सी इन्टरनेशनलको आरोप छ । पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयल निगमको जग्गा...

सिन्धुपाल्चोक पहिरो अपडेट : १० जनाको मृत्यु, २१ बेपत्ता,मृतक सबैको सनाखत

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे–७ घुम्थाङमा गएको पहिरोमा पुरिएर १० जनाको मृत्यु भएको छ । २१ जना अझै बेपत्ता रहेका छन् । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार मृत्यु हुने सबैको सनाखत भएको छ । मृत्यु हुनेमा ६३ वर्षिय भक्तिमाया श्रेष्ठ, ९८...

नेपालमा आजसम्म कोरोनाका कारण ३४५ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ९ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३४५ पुगेको छ।