Aafno Khabar
खबर

यस्ताे रहनेछ आइतबार देशभरकाे माैसम

काठमाडाैं । आइतबाबर देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । आइतबार बिहान देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र तराईका थोरै भूभागमा आंशिक बदली भइरहेको छ । दिउँसो प्रदेश १, बाग्मती तथा गण्डकी...

निर्वाचनका लागि ८ अर्ब रूपैयाँ खर्च लाग्ने

काठमाडाैं । प्रतिनिधिसभाको कात्तिक २६ र मंसिर ३ गते हुने निर्वाचनका लागि ८ अर्ब रूपैयाँ लाग्ने अनुमान निर्वाचन आयोगको छ । यसअघि गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरी वैशाखमा २ चरणमा निर्वाचन घोषणा भएको बेला आयोगले सरकारसँग ७ अर्ब...

निषेधाज्ञाकाे नियम कार्यान्वयन कडा गर्न सुरक्षा निकायलाई गृहकाे निर्देशन

काठमाडौं । सरकारले निषेधाज्ञाको कडा कार्यान्वयन गर्ने भएको छ । प्रतिनिधिसभा विघटनको विरोधमा प्रदर्शन हुनसक्ने आँकलनका साथ कडाइ गर्न लागिएकाे बुझिएकाे छ । गृहमन्त्रालयले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुलाई बोलाएर मानिसहरुलाई सडकमा निस्कन नदिन निर्देशन दिएको...

यस्ताे छ २४ घण्टाकाे ‘काेभिड अपडेट’

काठमाडौं । गएकाे २४ घण्टामा देशभर एक सय २९ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २० हजार एक सय ५ को परीक्षणमा शनिबार आठ हजार ९ सय ८० नयाँ संक्रमित थपिएका...

ओलीले गरे दाेस्राे पटक संसद विघटन, कार्तिक २६ र मंसीर ३ मा चुनाव गर्ने निर्णय

काठमाडाैं । शुक्रबार मध्यरातमा बसेको मन्त्रिपरिषद्को बैठकले कार्तिक २६ र मंसीर ३ मा चुनाव गर्ने निर्णय गरेको छ । सरकारले प्रतिनिधिसभाको निर्वाचनका लागि कात्तिक २६ र मंसिर ३ गतेको मिति तोकेकाे र राष्ट्रपति समक्ष सिफारिस गरेकाे हो । राष्ट्रपतिबाट केपी...

प्रधानमन्त्रीमा ओली र देउवा दुबैको दाबी पुगेन, प्रतिनिधिसभा विघटनकाे प्रक्रियामा

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठन गरिएका दुवै दाबी पूर्ण नभएको भन्दै दुवै दाबी खारेज गरेकी छन् । संविधानको धारा ७६ को उपधारा ५ अनुसार राष्ट्रपति भण्डारीले वैकल्पिक सरकार गठनका लागि दिएकाे समयावधिमा केपी शर्मा ओली र शेरबहादुर देउवाले...

बिना काम घरबाहिर निस्किए २ हजारदेखि ५ हजार रुपैयाँ जरिवाना

काठमाडाैं । अब निषेधाज्ञाकाे समयमा अनुमतिबिना सवारीसाधन चलाए जरिवाना तिर्नुपर्ने भएकाे छ । अनुमतिविना वा सुरक्षाकर्मीलाई जानकारी नदिइ वा बिरामी ओसारपसार गर्ने अवस्थाबाहेक सवारीसाधन चलाए जरिवाना तिर्नुपर्ने भएकाे हाे । सरकारले अध्यादेशमार्फत यससम्बन्धी व्यवस्था ल्याएकाे हाे । शुक्रबार राष्ट्रपति विद्यादेवी...

८ हजार ४०७ मा कोरोना संक्रमण पुष्टि, ७ हजार ८९० जना निको

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार ६०७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २४ घण्टामा १७७ जनाको काेभिड १९ का कारण ज्यान गएकाे छ । नेपालमा काेभिडका कारण ज्यान...

गाउँभरि बिरामी, जडीबुटीले ज्यान बचाइरहेछन् सर्वसाधारण

जाजरकाेट । जाजरकाेट जिल्लाका गाउँमा घरैपिच्छे बिरामी हुँदा सर्वसाधारण हैरान भएका छन् । जिल्लाका सबै पालिकामा यस्तो समस्या देखिएको छ । कुशे गाउँपालिका अधिकांश गाउँमा ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्नेलगायत लक्षण देखिएको स्थानीयले बताएका छन् । नलगाड नगरपालिकाको कैना,...

काेभिड संक्रमणबाट थप १९० जनाले गुमाए ज्यान, कति छन् नेपालमा सक्रिय संक्रमित ?

काठमाडाैं । पछिल्लो २४ घण्टामा थप ८३०५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यही अवधिमा १९० जनाको काेराेना भाइरसका कारण ज्यान गएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २२ हजार ८७ जनामा कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित...