Aafno Khabar
खबर

अब लाइसेन्सको ट्रायल खुल्ने

काठमाडाैं । सरकारले कोरोना संक्रमण बढेर निषेधाज्ञा जारी गरेपछि बन्द रहेको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को ट्रायल खुलाउने तयारी गरेको छ । यातायात व्यवस्था विभागले साउन अन्तिम सातादेखि लाइसेन्सको ट्रायल परीक्षा खुलाउने तयारी गरेको हो । विभागले आगामी आइतबार मातहतका...

मनसुन थप सक्रिय, यस्ताे छ पूर्वानुमान

काठमाडौं । मनसुनी वायुको प्रभावका कारण देशका केही स्थानमा पानी परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी २४ घण्टा प्रदेश १, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मंगलबारसम्म प्रदेश १, बागमती,...

काेराेनाले एकै परिवारका तीन जनाले गुमाए ज्यान, गाउँ सिल

उदयपुर । जिल्लाको त्रियुगा नगरपालिका–२ खैजनपुरगाउँमा कोरोना सङ्क्रमणबाट एकै परिवारको तीन जनाकाे ज्यान गएकाे छ । कोरोना सङ्क्रमणबाट पन्ध्र दिनअघि ४३ वर्षीय रमण पोखरेल, सात दिनअघि ३८ वर्षीय हेमराज पोखेरल र शुक्रबार राति ३६ वर्षीय देवी पोखरेलको ज्यान गएकाे वडाध्यक्ष...

मेलम्ची बाढीमा बग्यो रातो पुल, टुट्यो हेलम्बुसँगको सडक सञ्जाल

काठमाडौं । मेलम्ची खोलामा गए रातिदेखि एक्कासी बाढी आएको छ । रातिदेखि आएको बाढीले हेलम्बु गाउँपालिका जोड्ने रातो पुल बगाएको छ भने बाढी असार १ गतेकाे जस्तै आएको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए । मेलम्ची खोलामा रहेको रातो...

सिन्धुपाल्चोकमा फेरि बाढी, केही घरमा क्षति

काठमाडौं । शनिबार राति मेलम्ची खोलामा आएको भीषण बाढीले सिन्धुपाल्चोकको मेलम्चीमा रहेको रेडियो मेलम्चीको भवन बगाएको छ । मध्यरातमा मेलम्ची खोलामा आएको बाढीले धार परिवर्तन गरेर तालामाराङ प्रहरी चौकीको भान्छा घरको भवन पनि बगाएको छ । राति आएको बाढीले धार...

१३ हजार स्वाब परीक्षण, ३१ सयमा कोरोना संक्रमण

काठमाडौं । नेपालमा थप ३१०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १३५१९ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा ३१०६ जनाको नतिजा पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे हाे । ९ हजार २६३ जनाको पीसीआर परीक्षण गर्दा...

‘स्मार्ट लकडाउन’काे तयारी

काठमाडाैं । सरकारले पुन: स्मार्ट लकडाउनको तयारी गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले शुक्रबारको निर्देशक समितिको बैठकमा स्मार्ट लकडाउन प्रस्ताव गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षता निर्देशक समिति बैठक बसेको थियो । ‘जहाँ संक्रमण बढी छ,...

शनिबार धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । शनिबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश–१ का केही र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ । शनिबार दिनभर र...

स्वास्थ्य मन्त्रालय भन्छ : असोजसम्म एक करोड ८३ लाख बढी खाेप आउँछ

काठमाडाैं । सरकारले आगामी असोज मसान्तसम्ममा एक करोड ८३ लाख ८२ हजार ८५० मात्रा कोभिड खोप ल्याउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा आगामी असोजमसान्तसम्म सरकारले चीन, जापान र भारतबाट कूल एक करोड...

महाकाली तर्ने क्रममा भारतीय एसएसबीले तुइन काटिदिँदा नदीमा खसे नेपाली नागरिक

धनगढी । व्यास गाउँपालिका–२ मालघाटमा महाकाली तर्ने क्रममा एसएसबीले आज तुइन काटिदिँदा एक व्यक्ति नदीमा बेपत्ता भएका छन् । सदरमुकाम खलङ्गा आउने क्रममा ३५ वर्षीय जयसिंह धामी बेपत्ता भएका हुन् । महाकाली तर्ने क्रममा एसएसबीले देखेपछि तुइन काटिदिएको स्थानीय विक्रमसिंह...