Aafno Khabar
खबर

आज रातिको मौसम : केही स्थानमा वर्षा, भोलि पनि पानी पर्ने सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली र अन्य पहाडी भू-भागमा आंशिकदेखि सामान्य वदली रही देशका तराई भूभागमा आंशिक वदली रहेको मौसम विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...

महाकाली नदीमा पुल बनाउन नेपाल र भारतबीच सम्झौता

काठमाडौं । नेपाल र भारतलाई जोड्न दार्चुलास्थित महाकाली नदीमाथि मोटरेबल पुल बन्ने भएको छ । आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र काठमाडौंस्थित भारतीय रातदूतावासबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ र...

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, हप्ताको एक पटक मूल्य बढाउँदा पनि निगम किन घाटामा ?

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । यसअघि मूल्य बढाएको तीन हप्ता नबित्दै निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमले आज राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएर १४२...

पोखरा– बागलुङ सडकको खरेहा खण्डमा लापरबाही, आयोजना प्रमुख र वडा अध्यक्षको रहस्यमय मौनता

पर्वत । पोखरा– बागलुङ राजमार्ग अन्र्तगतको खरेहा खण्डको बिस्तारमा आयोजनाले चरम लापरबाही देखाएको छ । पर्वतको कुश्मा ७ खरेहा स्थित लोकमार्गको खरेहा खण्डमा ढल निकासका लागि बनाइएको नालीको ब्यवस्थापनमा ठेकेदार कम्पनीले चरम लापरबाही गरेको हो । सडक विस्तारका क्रममा नाली...

कोरोना फैलाउन भूमिका खेलेको भन्दै एमाले अध्यक्ष ओलीविरुद्ध उजुरी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उजुरी दर्ता भएको छ । कोरोना संक्रमित हुँदाहुँदै पनि भीडमा गएर रोग फैलाउन सहयोग गरेको भन्दै उनीविरुद्ध परेको उजुरी दर्ता भएको हो । भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी...

यात्रुले मास्क लगाउन नमानेपछि मध्यआकाशबाटै फर्कियो विमान

एजेन्सी । फ्लोरिडाको मियामी सहरबाट लन्डन उडेको अमेरिकी एयरलाइन्सको एउटा विमान मध्य आकाशबाटै फर्किएको छ । विमानभित्रका एक यात्रुले मास्क लगाउन अस्वीकार गरेपछि विमान मध्यआकाशबाटै फर्किएको हो । मास्क लगाउन नमानेपछि अमेरिकन एयरलाईनको उडान ३८ को बोइङ ७७७ मध्यआकाशबाट फर्किएको...

एकसाथ ५ कम्पनीले पाए आईपियो निष्काशनको अनुमति, कुन कम्पनीको कती ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले एक साथ ५ कम्पनीलाई आईपिओ निष्काशनको अनुमति दिएको छ । बुधबार बसेको बोर्डको संचालक समिति बैठकले ५ वटा कम्पनीलाई आईपिओ निष्काशनको अनुमति दिने निर्णय गरेको हो । बुधबार बोर्डका संचालक समिति सदस्य शोभाकान्त पौडेलको अध्यक्षता...

पर्यटन मन्त्री प्रेमबहादुर आले सवार गाडी दुर्घटना

कैलाली। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले सवार गाडी दुर्घटनामा परेको छ । मंगलबार धनगढीबाट महेन्द्रनगरतर्फ जादै गर्दा पयृटन मन्त्री आले सवार गाडी दुर्घटनामा परेको हो । सुदूरपश्चिमको भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयको सुप प्र ०१००१ झ...

सर्वोच्चको मुद्दा व्यवस्थापन प्रणाली अवरुद्ध

काठमाडौं । सर्वोच्च अदालतको मुद्दा व्यवस्थापन प्रणाली बिहीबार अपरान्ह ४ बजेदेखि सेवा अवरुद्ध हुने भएको छ । अदालतको सर्भर अपडेट गर्नुपर्ने भएकाले २२ पुस अपरान्ह ४ बजेदेखि शुक्रबार बिहान ९ बजेसम्म मुद्दा व्यवस्थापन प्रणाली अवरुद्ध हुने लागेको हो । अदालतमा...

जनप्रतिनिधि र कर्मचारीकै सेटिङमा ठेक्का

सिरहा । सिरहाको विष्णुपुर गाउँपालिकाका जनप्रनिधि र कर्मचारीकै सेटिङमा विकास निर्माणका ठेक्का लागेको पाइएको छ । पालिकाले १६ मंसिरमा निकालेको विभिन्न निर्माणका सूचनामा सीमित ठेकेदारलेमात्र फर्म दर्ता गराउन पाउनुले यसको पुष्टि गरेको हो । फर्म दर्ता गराएका ठेक्केदार कम्पनीसँगको निश्चित...