Aafno Khabar
खबर

भासिएको सडकबाट कार र मोटरसाइकल खस्यो

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखर ड्याममा भासिएको सडकबाट एउटा कार र मोटरसाइकल खसेको छ । निरन्तर परेको वर्षाका कारण आज बिहान भासिएको सडकबाट कार र मोटरसाइकल खसेको हो । मोटरसाइकल खसे पनि मोटरसाइकल चालक भने सकुसल रहेको...

अन्ततः उठ्ने भयो काठमाडौंको फोहोर, बालेनलाई असफल बनाउने प्रयास तुहियो

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर भोलिबाट उठाइने भएको छ । सिसडोल र बन्चरेडाँडामा फोहोर लैजान दिने सहमति भएसँगै भोलिदेखि काठमाडौं उपत्यकाको फोहोर उठाइने भएको हो । सोमबार सहरी विकास मन्त्रालयमा बसेको मन्त्रालय, काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका प्रतिनिधिबिच बसेको सर्वपक्षीय...

समाजवादीबाट बन्न लागेका पाँच नयाँ मन्त्रीलाई नजिकबाट चिन्नुहोस

काठमाडौं । सत्ता साझेदार एकीकृत समाजवादी पार्टीले चारजना मन्त्री फिर्ता बोलाएको छ। मन्त्रिपरिषद्‍मा एकीकृत समाजवादीको भागमा परेका ६ मध्ये ५ जना मन्त्रीलाई हेरफेर गर्ने निर्णय गरेको हो । यसअघि एकीकृत समाजवादीबाट स्वास्थ्य तथा जनसंख्यामा विरोध खतिवडा, संस्कृति, पर्यटन तथा नागरिक...

विवेकशील साझाको अध्यक्षबाट मिश्रको राजीनामा, मिलन पाण्डे लगायतको कारबाही फिर्ता लिन आग्रह

काठमाडौं । विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले राजीनामा दिएका छन्। आज उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् राजीनामा दिएको बताएका हुन्। स्थानीय तह निर्वाचन २०७९ मा निराशाजनक परिणाम भएको हुँदा नैतिकताको आधारमा राजीनामा दिएको उनले बताएका हुन्। ‘स्थानीय निर्वाचनमा २०७९ मा विवेकशील...

वीरगञ्जको मेयर बन्न एमाले गएका सरावगी २२ हजार बढी मतले पराजित

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का नेता राजेशमान सिंह वीरगञ्ज महानगरपालिकाको मेयर निर्वाचित भएका छन्। उनी सत्ता गठबन्धनबाट साझा उम्मेदवार थिए। राजेशमानले ४६ हजार दुई सय १५ मतसहित मेयर जितेका हुन्। यहाँ नेकपा एमाले–लोसपा गठबन्धनका साझा उम्मेदवार निवर्तमान मेयर...

भरतपुर महानगरको प्रमुखमा दोस्रो कार्यकालका लागि निर्वाचित रेनु दाहाल को हुन ?

चितवन । भरतपुर महानगरपालिकाको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । महानगर प्रमुखमा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)की रेनु दाहाल र उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका हुन् । दाहालले निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का विजय सुवेदीलाई १२ हजार...

तुलसीपुरमा एमाले उम्मेदवारले बढाए अग्रता

दाङ । दाङको तुलसीपुर उपमहानगर पालिकामा मतगणना जारी छ । वैशाख ३० मा सम्मपन्न स्थानीय तहको जारी मतगणनामा एमाले उम्मेदवारले अग्रता कायम राखेका छन् । ५५ हजार १७२ मत गणना हुँदा एमाले उम्मेदवार टिकाराम खड्काले २३ हजार २१३ मत पाएका...

पोखरामा धनराज जित नजिक, उपमेयरमा एमालेकी मञ्जुले जित्ने पक्का

कास्की । पोखरा महानगरको मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य जित नजिक पुगेका छन्। अहिले सम्मको मत परिणाम अनुसार आचार्यले ४ हजार ४३६ मतको अग्रता लिएका छन्। पोखरामा कुल खसेको मत १ लाख ४३ हजार २२६ मध्ये हालसम्म १...

भरतपुरमा गन्न बाँकी मत भन्दा रेनुको अग्रता धेरै

चितवन । भरतपुर महानगरपालिकामा एक लाख १६ हजार ६६६ मतगणना हुँदा रेनु दाहालले ११ हजार ४५७ मतको अग्रता लिएकी छन्। रेनु दाहालले ४७ हजार ४० मत ल्याएकी छन् भने एमालेका मेयर उम्मेदवार विजय सुवेदीले ३५ हजार ५८३ मत ल्याएका छन्।यस्तै...

७२७ स्थानीय तहको मत परिणाम आयो, कुन दलले कति पालिका जिते ?

काठमाडौं । स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। पछिल्लो मतपरिणाम अनुसार परिणाम ७ सय २७ वटा पालिकाको सार्वजनिक भएको छ। जसअनुसार नेपाली कांग्रेसले सबैभन्दा बढी जित हासिल गरेको छ। यसैगरी नेकपा एमाले दोस्रोमा छ। नेकपा माओवादी केन्द्र तेस्रोमा...