Aafno Khabar
खबर

थप १९११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप १९११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ७९ हजार ७२८ पुगेको छ । संक्रमितमध्ये ५७ हजार ३८९ जना निको भएर घर...

पश्चिम नेपालबाट बाहिरियो मनसुन, देशभरबाट हट्न अझै केही दिन लाग्ने

काठमाडौं । बिहीबार पश्चिम नेपालबाट मनसुन बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभरिबाट बाहिर हट्न भने अझै केही दिन लाग्नेछ । पूर्वी नेपालबाट प्रवेश गर्ने मनसुन पश्चिमसम्म फैलिएर झण्डै साढे ३ महिना सक्रिय हुन्छ भने पश्चिमबाट पूर्व भएर नेपालबाट...

वैरागी सरकारको मुख्य सचिव, युवराज खतिवडा अमेरिका र लाेकदर्शन रेग्मी बेलायतकाे राजदूत सिफारिस

काठमाडौं । सरकारले परराष्ट्र सचिव शंकरदास वैरागीलाई मुख्यसचिव नियुक्त गरेको छ । मुख्यसचिव लोकदर्शन रेग्मीले कार्यकाल सकिनुअघि दिएको राजीनामा स्वीकृत गरी मन्त्रिपरिषदको बैठकले वैरागीलाई मुख्यसचिव नियुक्त गरेको हो । बिहीबार बिहानको मन्त्रिपरिषद् बैठकले पूर्व अर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिका र...

सुन चाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । बिहीबार सुन चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुनको मूल्य तोलामा २ सय रुपैयाँ घटेर तोलाको ९४ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार सुन तोलामा ५ सय रुपैयाँ बढेर...

जैविक विविधता संरक्षणका लागि दृढताका साथ काम गर्नुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जैविक विविधता संरक्षणका लागि राजनीतिक इच्छाशक्तिका साथै विचार तथा नवप्रवर्तनको प्रवर्द्धनसहित दृढताकासाथ काम गर्नुपर्ने औँल्याउनुभएको छ । संयुक्त राष्ट्रसङ्घको ७५ औँ महासभाको अवसरमा ‘दिगो विकासका लागि जैविक विविधतासम्बन्धी अविलम्ब गर्नुपर्ने कार्य’ विषयमा बिहीबार न्युयोर्कमा...

बलि दिन भारत लैजान लागिएका २ किशोरीको उद्धार

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारीस्थित नेपाल भारतको सीमाबाट दुई किशोरीलाई बुधबार प्रहरीले उद्धार गरेको छ । बली दिन भारततर्फ लैजाँदै गर्दा सप्तरी घर भएका ती दुई किशोरीलाई सुनसरीको भाण्टाबारी नाकाबाट उद्धार गरिएको सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी...

देशका केही स्थानमा पानी पर्ने सम्भावना

काठमाडौं । बिहीबार देशका केही स्थानमा सामान्य बदली हुने र केही स्थानमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ । प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली हुने...

बिहीबारदेखि सुपथ मूल्य पसल, यस्तो छ खाद्य वस्तुको मूल्य

काठमाडौं । सरकारले बिहीबारदेखि सुपथ मूल्य पसल खोल्ने भएको छ । दशैँ, तिहार र छठ पर्व लक्षित गरेर सुपथ मूल्य पसल खोल्न लागिएको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनका देशभर रहेका कार्यालय, डिपो र...

शुल्क समायोजन नगरे ८ ल्याबको स्वीकृति खारेज हुने

काठमाडौं । पीसीआर परीक्षणको शुल्क बढी लिएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आठ वटा प्रयोगशालालाई तत्काल शुल्क घटाउन निर्देशन दिने निर्णय गरेको छ। मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले उपत्यकाका विभिन्न आठ वटा प्रयोगशालाले तोकिएको भन्दा बढी शुल्क लिएको पाइएको भन्दै तत्काल...

उपत्यकामा मात्रै ९०२ कोरोना संक्रमित, काठमाडौंमा ६९७

काठमाडौं । काठमाडौं उपत्यकामा मात्रै ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंम ६९७, ललितपुरमा ११२, भक्तपुरमा ९३ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ५५४ जना कोरोनाका संक्रमित थपिएका...