Aafno Khabar
खबर

कोरोना अपडेट : ९ हजार २१० परीक्षण, १९४८ संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा ९ हजार २१० नमुना परीक्षण गर्दा १९४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ९ हजार २१० नमुना परीक्षण गर्दा ७७४ महिला र ११७४ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको...

बर्दिबासमा निषेधाज्ञा, ५ जनाभन्दा बढी भेला हुन नपाइने

महोत्तरी । जिल्ला प्रशासन कार्यालय महोत्तरीले बुधबार बिहान ९ बजेदेखि बर्दिबासमा निषेधाज्ञा जारी गरेको छ । बुधबार बिहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले बुधबार बिहान ९ बजेदेखि बिहीबार बिहान ६ बजेसम्मका लागि कर्फ्यू लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर...

बालिका हत्या प्रकरण : प्रहरीको गोली लागेका एक जनाको मृत्यु

काठमाडौं । महोत्तरीको बर्दिबासमा ६ वर्षीया बालिकाको हत्या भएको विरोधमा भइरहेको प्रदर्शनमा मंगलबार प्रहरीले गोली चलाउँदा घाइते भएका सञ्जय भनिने बुद्धिराज न्यौपानेको उपचारका क्रममा मृत्यु भएको छ । गोली लागेर गम्भिर घाइते हुनुभएका न्यौपानेलाई हेलिकोप्टरबाट काठमाडौंको ग्रान्डी अस्पताल ल्याइएको थियो...

चार प्रदेशका उच्च पहाडी भूभागमा हिमपात र वर्षाको सम्भावना

काठमाडाैं । बुधबार वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात हुने सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण यी ठाउँमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको हो । महाशाखाले...

हरिबोधनी एकादशी बुधबार र बिहीबार

काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिन मनाइने हरिबोधनी एकादशी यस वर्ष स्मृतिमा आधारित भई कर्म गर्नेले बुधबार र वेदमा आधारित भई कर्म गर्नेले बिहीबार मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतम...

दोलखाको भीमेश्वर मन्दिरको शिलामा फेरि आयो पसिना

काठमाडाैं । दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा पसिना आएको छ । भीमसेनको शिलामा मंगलबार पसिना आएको दोलखा जिल्ला प्रशासनले जानकारी दिएको छ । मूर्तिमा पसिना आएपछि मन्दिरका पूजारीले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई खबर गरेका थिए । यसका साथै...

बैतडीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

बैतडी । बैतडीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । बैतडीको झुलाघाटबाट गोठलापानी जान लागेको ना १ ज २१९६ नम्बरको जीप दशरथचन्द नगरपालिका १० बुड्डामा मंगलबार दुर्घटनामा परेको हो । जीप दुर्घटनामा सुर्नया गाउँपालिका ४ का ७५ वर्षीया...

थप १७९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप १७९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ भने अहिलेसम्म २ लाख ४ हजार ८५८ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ...

बीबीसीको प्रभावशाली महिलाको सूचीमा म्याग्दीकी सपना

काठमाडौं । म्याग्दीकी १८ वर्षीया सपना रोका मगर ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी)को प्रभावशाली महिलाको सूचीमा पर्नुभएको छ । बेवारिसे शव जलाउने काम गर्नुभएकी म्याग्दीको मंगला गाउँकी सपना सन् २०२० को १०० प्रभावशाली महिलाको सूचीमा पर्न सफल हुनुभएको हो । बीबीसीले...

तीन लाख बीस हजार रुपैयाँ घुससहित मालपोतका दुई कर्मचारी पक्राउ

दाङ । मालपोत कार्यालय तुलसिपुर दाङका दुईजना कर्मचारी तीन लाख बीस हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय नेपालगञ्जको टोलीले मालपोत कार्यालयका नायब सुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरेलाई घुससहित...